काठमाडौं । पार्टी विभाजनको डिलमा पुगेका बेलामा सक्रिय भएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सक्रिय भएका छन् । लामो समय विदेश बसेका देउवा आफ्नो समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी हुने गरी काठमाडौं आए ।
विदेशबाट फर्किंदा विमानस्थलबाटै उत्साहित हुँदा निवास पुगेका देउवा सक्रिय छन् । तामझामका साथ निवास पुर्याइएका उनले राजनीतिक भेटघाटलाई सक्रिय बनाउनुका साथै आक्रामक अभिव्यक्ति दिन थालेका छन् । विमानस्थलदेखि भेलासम्म उनी निकै आक्रामक देखिए । विमानस्थलबाट निवास प्रवेश गर्दा उनले ज्ञानेन्द्र शाहलेसमेत फाल्न नसकेको बताउँदै आफूलाई कसैले फाल्न नसक्ने बताएका थिए ।
त्यसको केही दिनमै आयोजना भएको भेला सम्मेलनमा परिणत गरियो । उक्त भेलाका क्रममा देउवालाई वर्तमान सभापतिकै रुपमा नेताहरुले परिचय गराउन खोजे । सभापतिको नाम राखेर उनको कार्यकक्ष बनाए । त्यसपछि उनी सम्मेलनमा रुपमान्तरण भएको भेलामा पनि आक्रामक देखिए । उनले आफू हिन्दू भएको भन्दै शीर ठाडो पारेर ठूलो स्वरमा बोलेका थिए । सम्मेलनले पनि उनकै भाषा अनुसारका केही बुँदाहरु पारित गरेको छ । केहीले यो समूह राप्रपाको लाइनमा उभिएको अर्थ्याएका पनि छन् ।
यो सम्मेलनपछि पनि देउवा रोकिएका छैनन् । कहिले पार्टी मिलाउने त कहिले अनौपचारिक भेटघाटका क्रममा उनले आफूलाई सक्रिय बनाइराखेका छन् । आफ्नो क्षेत्रका र पक्षका नेताहरु र आफन्तरुलाई भेटिरहेका छन् । त्सक्रममा उनले राजनीतिक छलफल चलाएका छन् । आफूलाई भेट्न आउनेहरुलाई उनले पार्टी मिलाउने, विशेष महाधिवेशनबाटा निर्वाचित सभापति र पदाधिकारीहरुसँग कुरा गर्ने भन्दै आश्वासन दिने वचन दिने गरेका छन् ।
आइतबार मात्रै पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताका लागि सभापति गगन थापासँग छलफल गर्ने बताए । देउवालाई भेट्न उनको निवास गएका डडेलधुराका कांग्रेस पूर्वसभापति कर्ण मल्ललाई देउवाले उक्त कुरा बताएका हुन् । आइतबार बिहान देउवा–मल्लको भेट भएको थियो ।
अभिभावकीय जिम्मेवारीमा रहेर पार्टीलाई १५औं महाधिवेशनतिर लान उपयुक्त हुने विषय आफूले उठाएको बताउँदै मल्लले भने, ‘सबैलाई मिलाएर पार्टीको १५औं महाधिवेशन गर्न उहाँलाई अभिभावकीय जिम्मेवार निर्वाह गर्न मैले आग्रह गरें ।’ देउवा त्यस कुरामा अत्यत्तै सकरात्मक आफूले पाएको मल्लले बताए । सभापति गगनसँग पार्टी मिलाउनका लागि छलफल गर्ने देउवाले मल्लसँग बताएका थिए ।
देउवा उपचारपछि फर्केको हुनाले स्वास्थ्य अवस्था बारे बुझ्न भेट्न गएको मल्लले बताए । मल्लले भने, ‘उहाँसँग मेरो राजनीतिक सम्बन्ध विच्छेद भएको थियो । स्वास्थ्य अवस्था बुझ्नका लागि भेट्न गएको थिएँ । स्वास्थ्य ठीक भएको पाएँ ।’
मल्ल डडेलधुरामा दुई पटक पार्टी सभापति बनेका थिए । पछिल्लो समय पूर्व सभापति देउवासँग उनको सम्बन्धमा दूरी बढेको थियो । तर, उनी विदेशबाट फर्किएका देउवालाई भेट्न गएका हुन् ।
देउवाले आइतबार नै नेपाली कांग्रेसका नेता नैनसिंह महरसँग पनि छलफल गरेका थिए । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पूर्वसभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको एकताका लागि तीन विकल्प सुनाएका थिए ।
सभापति गगन थापा र पूर्व सभापति देउवामध्ये एकले पार्टीको नेतृत्व गर्नका लागि दुई जनाले सहमति गर्न सुझाव दिएका छन् । महरले दोस्रो विकल्पमा दुवै जनाले पार्टी नेतृत्व छोडेर तेस्रो व्यक्तिबाट १५ औं महाधिवेशन गर्न सकिने बताएका थिए ।
तेस्रो विकल्पमा सर्वोच्च अदालतबाट जुन पक्षको पक्षमा फैसला आएपनि त्यसलाई स्विकारेर पार्टी एकतामा जाने पूर्व सहमति गर्न महरले पूर्व सभापति देउवालाई सुझाव दिएका थिए ।
यसअघि सभापति थापालाई भेटेर पनि यिनै तीन विकल्पमा रहेर सहमति खोज्न सुझाव दिएको महरले जानकारी गराए । ‘पार्टी भित्र एकताको लागि सभापति गगनकुमार थापा लगायत सबैसँग संवाद गरेको सुनाएँ,’ महरले भने, ‘सभापति गगनकुमार थापा र उहाँबीच भेटघाट तथा संवादको आवश्यकता पनि औंल्याएँ । उहाँले आफूले मिलाउन पहल गरिरहेको र अदालतको निर्णय आएपछि अघि बढौँला भन्नुभयो ।’
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































