यमनको पश्चिमी मोर्चाको पतन मुख्यतया हुथीहरूको ठूलो संख्याका कारण भएको थिएन । यो त एउटा एकीकृत रुसी–इरानी कमाण्ड प्रणालीको परिणाम थियो, जसमा रुसको अन्तरिक्ष–आधारित जियोस्पेसियल इन्टेलिजेन्स र सिग्नल इन्टेलिजेन्स क्षमताका तत्वहरूलाई हुथी अभियानहरूलाई सहयोग पुर्याउने इरानी नेतृत्वको कमाण्ड–एन्ड–कन्ट्रोल (सी२) प्रणालीमा एकीकृत गरिएको थियो ।
तारिक सालेहको ‘नेसनल रेजिस्टन्स फोर्सेज’ (एनआरएफ) भित्रको मानवीय घुसपैठले त्यो प्रणालीको प्राविधिक संकलनलाई युद्धमैदानको फाइदामा बदल्न आवश्यक पहुँच प्रदान गर्यो ।
मैले सिर्जना गरेको जियोइन्ट र सिग्नल फ्युजन प्रणाली ‘प्रोजेक्ट अरोराह’मार्फत मैले इरान–अमेरिका युद्धका क्रममा साउदी अरेबिया, कुवेत, कतार, बहराइन, इराक, इजरायल, युएई र जोर्डनमाथि रुसी सैन्यको पहिचान र अनुक्रम निर्धारण गरेको थिएँ ।
परियोजना भित्रको एक गोप्य विशेष–पहुँच कार्यक्रम (एसएपी) ले रुसी अर्बिटल संकलनलाई बहु–सेन्सर प्रणालीका रूपमा पुनः संरचना गर्यो, जसमा यस क्षेत्रका देशहरू र अमेरिकी सैन्य सम्पत्तिहरूमाथि इरानका सटीक प्रहारअघिका अनुक्रमहरू समावेश थिए । त्यो कार्यले पछि मध्यपूर्वभरि इरानी सटीक निशानाका लागि रुसी सैन्य भूउपग्रह सहयोगबारे सीएनएनको एक प्रमुख अनुसन्धानलाई उल्लेख्य रूपमा मद्दत गर्यो ।
यसको आधारभूत सिद्धान्त इरानमा नै अगाडि आइसकेको थियो : अर्बिटल इन्टेलिजेन्स, सर्भिलेन्स एन्ड रेकनाइसेन्स (आईएसआर) ले अब अभियानहरूलाई सहयोग मात्र गरिरहेको थिएन तर प्रहारहरू हुनुभन्दा अघि नै युद्धमैदानको कार्यगत चित्र निर्माण गर्न मद्दत गरिरहेको थियो । उपग्रह गुप्तचरको त्यो प्रयोग इरान युद्धका क्रममा नै देखिइसकेको थियो ।
रुसी जियोइन्टले बलहरू कसरी तैनाथ गरिएका थिए, उनीहरूको आवतजावतको मार्ग, मुख्यालय र तार्किक परिवर्तनहरूको नक्सांकन गर्यो भने सिग्नल इन्टेलिजेन्सले इलेक्ट्रोनिक संकेतका स्रोतहरू, सञ्चार ढाँचा र कमाण्ड सम्बन्धहरूको नक्सांकन गर्यो ।
यो फाइदा कुनै एउटै अन्तरिक्षयानबाट नभई समयक्रममा विभिन्न प्रकारका उपग्रह संकलनहरूको अनुक्रमबाट प्राप्त भएको थियो । विभिन्न उपग्रहहरूले पूरक भौगोलिक र विद्युत्–चुम्बकीय कभरेज प्रदान गरे, जसले गर्दा बलहरू कसरी अगाडि बढे र सञ्चालन भए भन्ने परिवर्तनहरूलाई अलग्गै तस्वीरका रूपमा नभई समयक्रममा पछ्याउन सम्भव भयो । इरान युद्धका क्रममा उपग्रह गुप्तचरका यी विभिन्न रूपहरूको संयोजनले रुसी उपग्रह गुप्तचरले इरानी अभियानहरूलाई कसरी तिखार्न सक्छ भन्ने देखाइसकेको थियो ।
यमनमा इरानले कार्यगत एकीकरण प्रदान गर्यो । रुसबाट प्राप्त गुप्तचरलाई हुथी रणनीतिक प्रतिवेदन र मानवीय पहुँचसँग संयोजन गरी तारिक सालेहको कमाण्डले वास्तवमा कसरी काम गर्छ भन्ने विस्तृत चित्र तयार पारियो : कुन मुख्यालय उत्तरदायी रहे, कहाँ प्रतिवेदन गरिएका स्थितिहरू वास्तविकताभन्दा फरक थिए, कुन संरचनाहरू कमजोर रूपमा समन्वित थिए र नेसनल रेजिस्टन्स फोर्सेज (एनआरएफ) र साउदी नेतृत्वको जोइन्ट फोर्सेज कमाण्ड (जेएफसी) बिच कमाण्ड, प्रतिवेदन र सञ्चारमा कहाँ खाडलहरू थिए । त्यो चित्रले पश्चिमी तटीय मोर्चाका कमजोरीहरूको फाइदा उठाउन सम्भव बनायो ।
यहीँ नै मोर्चा भत्कियो । एउटा कमाण्ड–एन्ड–कन्ट्रोल मार्गले जेएफसी मुख्यालयलाई एनआरएफका तत्वहरूसँग जोडेको थियो, अर्कोले ती बलहरूलाई एकआपसमा र उनीहरूको आफ्नै वरिष्ठ कमाण्डसँग जोडेको थियो । जब दुवै अविश्वसनीय बने, गलत सूचनाहरू माथितिर बगे भने भ्रमित वा हेरफेर गरिएका निर्देशनहरू तलतिर बगे ।
यसका परिणामहरू विशिष्ट थिए । एक एनआरएफ कमाण्डरले रोक्ने स्थिति सम्हाल्ने आदेश स्वीकार गरे र त्यसपछि पछि हटे । अर्काले गैरएनआरएफ यमनी संरचनाले एक सैन्य विमानस्थल खाली गरिसकेको प्रतिवेदन गरे, जबकि कर्मचारीहरू अझै त्यहीँ थिए, जसले कमाण्डरहरूलाई मित्रवत् बलहरू कहाँ तैनाथ छन् भन्ने गलत चित्र दियो र प्रहारपछि हताहत हुनसक्ने स्थितिमा योगदान पुर्यायो । मोखामा रहेको साउदी विशेष बलको टास्क फोर्सले पहिलोपटक प्रतिवेदन गरिएका बल तैनाथीहरू जमिनको वास्तविकतातँग मेल नखाएको पहिचान गर्यो ।
साउदी प्रहार मिसनहरू तयार पारिएका थिए तर मित्रवत् बलहरूको स्थान विश्वसनीय रूपमा पुष्टि गर्न नसकिँदा हवाई शक्ति स्वतन्त्र रूपमा प्रयोग गर्न सकिएन । समस्या तब अझ जटिल बन्यो, जब केही एनआरएफ ब्रिगेडहरूले सक्रियताका क्रममा महिनौँको जेएफसी बायोमेट्रिक दर्ता, तलब पुनरुत्थान र बल सुदृढीकरणका बाबजुद दर्ता भएका ५०–६० प्रतिशत कर्मचारीहरू उपस्थित हुन असफल भएको पाए । जब जबल अल–नारको महत्वपूर्ण सैन्य केन्द्र वरपरको समन्वय बिग्रियो, मुख्य हुथी बलहरू पुग्नुअघि नै एनआरएफ संरचनाहरूले आफ्ना स्थितिहरू छाड्न थाले ।
त्यो पराजय यस अभियानको केन्द्रीय सिकाइको घटना बनेको छ । संयुक्त साउदी–यमनी र साउदी–पाकिस्तानी जोइन्ट टर्मिनल अट्याक कन्ट्रोलर (जेटीएसी) टोलीहरूलाई अहिले प्रमुख उत्तरी संरचनाहरूसँग एकीकृत गरिँदैछ, जसले जमिनका बलहरू र जेएफसीको प्रहार प्रणालीबिचको प्रमाणिक लिंकलाई पुनःस्थापित गर्दैछ । साउदी अपरेसनल मेन्टरिङ एन्ड लायजन टीम (ओएमएलटी) ले पनि जेएफसीलाई प्रत्यक्ष लिंक प्रदान गरिरहेका छन् र यमनी संरचनाहरूको जनशक्ति, स्थान र तत्परताको स्वतन्त्र रूपमा प्रमाणीकरण गरिरहेका छन् । त्यसैगरी आदेशहरूको सकारात्मक प्रमाणीकरण, गोप्य प्रतिवेदन र दोहोरो इन्क्रिप्टेड सञ्चारले मोखामा उजागर भएका संवेदनशीलताहरूलाई बन्द गर्दैछन् ।
साउदी अरेबियाले पहिले पनि फरक प्रतिस्पर्धीविरुद्ध यस्तै दृष्टिकोण प्रयोग गरेको थियो । २०२६ जनवरीमा जेएफसी सैन्य काउन्टरइन्टेलिजेन्सले दक्षिण यमनमा साउदर्न ट्रान्सिसनल काउन्सिल (एसटीसी) अभियानहरूलाई सहयोग पुर्याउने आबु धाबी कमाण्ड–एन्ड–कन्ट्रोल प्रणालीलाई नक्सांकन गर्यो र क्रमबद्ध रूपमा कमजोर बनायो, जबकि सम्पर्क र निशाना संयन्त्रहरूले जमिनमा अभियानहरूको विश्वसनीय चित्र बनाए राखे । जब त्यो बाह्य तह हटाइयो, यूएई टास्क फोर्स र पंक्तिबद्ध संरचनाहरूले द्रूतरूपमा आफ्नो कार्य स्वतन्त्रता गुमाए र साउदी नेतृत्वको अभियानको दबाबमा पछि हटे।
अहिले हुथीहरूलाई सहयोग गरिरहेको प्रणाली धेरै परिष्कृत छ । रुसले उपग्रह–आधारित गुप्तचर र सिग्नल गुप्तचर प्रदान गर्दछ, इरानले त्यो जानकारीलाई हुथी कमाण्ड र अभियानहरूमा एकीकृत गर्दछ । तर त्यो परिष्कृतताले संवेदनशीलता पनि सिर्जना गर्दछ : यो प्रणाली सुरक्षित सञ्चार, विशेषज्ञ कर्मचारी, गुप्तचर–फ्युजन नोडहरू, प्राविधिक सल्लाहकारहरू र साना र युद्धमैदान मुख्यालयबिचको निरन्तर लिंकमा निर्भर गर्दछ ।
ती संवेदनशीलताहरूलाई अहिले निशाना बनाइँदैछ । १९ सेप्टेम्बरको साँझ सानामा रहेको इरानी नेतृत्वको माथिल्लो स्तरको कमाण्ड–एन्ड–कन्ट्रोल संरचनाले ठूलो धक्का व्यहोर्यो । पुष्टि भएका वरिष्ठ हुथी युद्धमैदान क्षतिमा अब कम्तीमा २ मेजर जनरल, ७ ब्रिगेडियर जनरल र ३२ कर्नेलहरू समावेश छन्, जसमध्ये धेरैलाई उनीहरूका निकट सहयोगी, कर्मचारी र सञ्चार तत्वहरूसँगै हटाइएको छ । हुथी कमाण्ड संरचनाको सर्वोच्च स्तरभित्र मेजर जनरलभन्दा माथिका व्यक्तिहरूलाई सम्बद्ध विदेशी कर्मचारीहरूसँगै निष्क्रिय पारिएको बलियो संकेतहरू पनि छन्, यद्यपि ती विवरणहरू अहिलेका लागि जानाजानी गोप्य राखिएका छन् ।
संख्याभन्दा यसको प्रभाव बढी महत्वपूर्ण छ । अग्रपंक्ति कमाण्डलाई क्रमबद्ध रूपमा कमजोर बनाइँदैछ भने सानामा रहेका वरिष्ठ कमाण्ड नोडहरू एकैसाथ जेएफसीको सटीक हवाई प्रहारको घेरामा आइरहेका छन्, जसले गुप्तचर संकलन, निर्णय प्रक्रिया, निशाना र कार्यान्वयनबिचको साङ्लोलाई अस्तव्यस्त बनाएको छ । स्थान परिवर्तन गर्न बाध्य मुख्यालयहरू, मातहतका एकाइहरूसँग पुनः जोडिन खोजिरहेका जीवित कमाण्डरहरू र वैकल्पिक मार्गहरू स्थापना गरिरहेका बाँकी जुनियर इरानी सल्लाहकारहरू सबैले नयाँ संकेतहरू सिर्जना गर्छन्, जसलाई पत्ता लगाउन, आपसमा जोड्न र भूअवस्थिति गर्न सकिन्छ ।
यसैले हुथी अग्रताले अहिले वेस्ट कोस्ट (पश्चिमी तट) को ब्रेकथ्रुको गतिलाई पुनः दोहोर्याउन संघर्ष गरिरहेको छ । उनीहरूले फाइदा उठाएका कमाण्ड लिंकहरूलाई कडा बनाइँदैछ, जबकि उनीहरूको आफ्नै बाह्य समर्थित कमाण्ड–एन्ड–कन्ट्रोल नेटवर्कलाई क्रमशः अन्धो र उजागर गरिँदैछ । त्यसैले पश्चिमी तटको असफलता साउदी नेतृत्वको बलका लागि आफ्नो सैन्य संरचनामा स्थायी कमजोरी हुनुको सट्टा उनीहरूले कदम चालिरहेको एउटा पाठ बनेको छ ।
साउदी नेतृत्वको जेएफसीको सी६आईएसआर (कमाण्ड, सञ्चार, गुप्तचर र युद्ध क्षमताहरू जोड्ने प्रणालीहरू) मा फराकिलो रूपान्तरण, निशाना विकास र द्रूत सेन्सर–टु–सुटर एकीकरणले २०१५ देखि सैन्य समीकरणलाई बदलेको छ । निरन्तर हुथी वृद्धिले वर्षौँदेखि साउदी नीतिलाई नियन्त्रण गरेको संयमलाई समाप्त गरिदिएको छ । त्यसैले अहिले आकार लिइरहेको प्रमुख साउदी नेतृत्वको अभियान यस्तो प्रतिस्पर्धीविरुद्ध सुरु हुनेछ, जसको बाह्य कमाण्ड सहयोग पहिल्यैदेखि निरन्तर आक्रमणमा छ ।
त्यो नै निर्णायक अन्तर हो । हुथी सैन्य शक्तिलाई कायम राख्ने र बढाउने रुसी–इरानी प्रणाली साउदी नेतृत्वको प्रमुख हवाई, स्थल र जल अभियानहरू पूर्णरूपमा अघि बढ्नुअघि नै कमजोर पारिँदैछ, जबकि मोखामा उजागर भएका रणनीतिक असफलताहरूलाई साउदी नेतृत्वको जेएफसीभित्र सुधार गरिँदैछ । हुथीहरूले एकपटक सम्झौता गरिएको कमाण्ड प्रणालीको फाइदा उठाए, उनीहरू अब आफ्नो प्रभावकारिता बढाउने बाह्य प्रणालीलाई क्रमबद्ध रूपमा भत्काइँदै गर्दा लड्न बाध्य भइरहेका छन् । (अलजजिराबाट भावानुवाद)



































