सिजीको दसैं–तिहार योजना सार्वजनिक, स्मार्ट उपकरण खरिदमा उपहारको अवसर

काठमाडौँ । इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले बडादसैं तथा तिहारलाई लक्षित गर्दै स्मार्ट घरायसी उपकरणमा विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ ।

“सिजीसँग जीवनको अनुभव” वार्षिक अभियानअन्तर्गत “भरोसा नेपालीको, उत्सव दसैं, तिहारको” योजनामार्फत ग्राहकलाई विभिन्न उपहार तथा भाग्यचिठ्ठामार्फत पुरस्कार जित्ने अवसर दिइएको कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरण खरिद गर्ने ग्राहकले भाग्यचिठ्ठामार्फत विभिन्न उपहार जित्न सक्नेछन् । कम्पनीका अनुसार बम्पर भाग्यचिठ्ठाका विजेताले भियतनाम वा मेघौली सेराई भ्रमणको अवसर पाउनेछन् ।

यस्तै, प्रत्येक १५ दिनमा हुने भाग्यचिठ्ठामार्फत एक जना विजेताले पाँच वटा घरायसी उपकरणको प्याकेज प्राप्त गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुन ग्राहकले सिजीका स्मार्ट घरायसी उपकरण खरिद गरेपछि उत्पादनमा उपलब्ध क्यूआर सङ्केत स्क्यान गरी भाग्यचिठ्ठाका लागि आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

कम्पनीका अनुसार “सिजीसँग जीवनको अनुभव” अभियानमार्फत दैनिक जीवनलाई सहज बनाउने प्रविधि र घरायसी उपकरण उपलब्ध गराउने उद्देश्य राखिएको छ । कम्पनीको प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’मा आधुनिक प्रविधि तथा आकर्षक डिजाइनलाई प्राथमिकता दिइएको जनाएको छ ।

सिजी इलेक्ट्रोनिक्सले आफ्ना उत्पादन देशभरका २२ वटा सिजी डिजिटल तथा ६ वटा एलजी ब्रान्डका पसलका साथै आधिकारिक बिक्री केन्द्र र कम्पनीका अनलाइन माध्यमबाट बिक्री गर्दै आएको जनाएको छ ।

बिक्रीपछिको सेवाका लागि कम्पनीले ‘सिजी केयर्स’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । एपमार्फत सेवा लिन सकिने तथा देशभर रहेका ४० वटा सेवा केन्द्रबाट ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार चाडपर्व योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भएको हो । योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीको निःशुल्क टेलिफोन नम्बरमा सम्पर्क गर्न तथा ‘सिजी केयर्स’ मोबाइल एप प्रयोग गर्न सकिनेछ ।