सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७१ हजार ७०० र चाँदीको मूल्य रु तीन हजार ७०० कायम छ ।गते कात्तिक २३ गते छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ८५५ थियो ।