दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौँलाई दियो १२६ रनको लक्ष्य

 काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।

८ रनमै ४ विकेट गुमाएको अवस्थामा उनले सुदूरपश्चिमको इनिङ्स सम्हाल्दै आरिफ शेखसँग पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गरे।दीपेन्द्रको यो जारी एनपीएलमा दोस्रो अर्धशतक हो, र उनले दुई अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बने।