भीमफेदी दुर्घटनाका १३ शव आफन्तले बुझे, आजै सर्लाहीमा दाहसंस्कार गरिने

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका १३ जनाको शव आफन्तले बुझेका छन् ।
हेटौँडा अस्पतालको शव गृहमा राखिएका १३ शवको पोस्टमार्टमपछि आफन्तले बुझेका हुन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसँग शुक्रबार भएको छलफलपछि मृतकका आफन्तले शव बुझेका हुन् ।मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको दुर्घटनामा मृत्यु भएका १३ जनाको शव आफन्तले बुझेका छन् ।मृतकका परिवारले क्षतिपूर्ति, घाइतेको शिक्षा र रोजगारीको माग राखेका थिए ।छानबिन समितिले माग सम्बोधन गर्ने सहमति जनाएपछि शव आफन्तलाई हस्तान्तरण गरिएको हो ।हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका १३ जनाको शव आफन्तले बुझेका छन् । हेटौँडा अस्पतालको शव गृहमा राखिएका १३ शवको पोस्टमार्टमपछि आफन्तले बुझेका हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसँग शुक्रबार भएको छलफलपछि मृतकका आफन्तले शव बुझेका हो ।दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये दुर्घटना भएको इभीका चालकको शव भने आफन्तले बिहीबार साँझ नै बुझेर लगेका थिए ।बिहीबार बिहान भएको दुर्घटनामा मधेस प्रदेशको सर्लाही जिल्लास्थित चक्रघट्टा गाउँपालिका–४ का १३ जना र वडा नम्बर ८ का एक जना गरी १४ जनाको मृत्यु भएको थियो । चालकको शव हस्तान्तरण भइसकेपछि बाँकी १३ शव हेटौँडा अस्पतालमा राखिएका थिए ।दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारले उचित क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा तथा पालनपोषणको व्यवस्था, मृतकका परिवारका सदस्यलाई रोजगारी र दुर्घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए । माग सम्बोधन नभएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडानमा उनीहरू थिए ।मृतक पक्ष र प्रशासनबिच भएको छलफलमा पीडित परिवारका माग सात दिनभित्र सम्बोधन गर्न पहल गर्ने सहमति भएपछि शव परीक्षण गर्न दिइएको थियो । सहमतिपछि पोस्टमार्टम सम्पन्न गरी शुक्रबार शव आफन्तलाई हस्तान्तरण गरिएको हो ।पीडित परिवारका तर्फबाट मधेस प्रदेशका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य सञ्जयकुमार यादव र चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवसमेतले माग सम्बोधनका लागि पहल गरेका थिए ।