राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ।

कार्य सम्पादन समितिको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । पार्टीको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आजको बैठकमा समसामयिक

राजनीतिक परिस्थितिको समीक्षा हुने बताइएको छ। त्यस्तै आजको बैठकमा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए।