सुनको मुल्य घट्यो, कति पुग्यो तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार भने १ लाख ७६ हजार रुपैयाँ थियो । यसैगरी चाँदीको मूल्य पनि घटेको छ ।

बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार भने घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको हो ।