समाजवादी मोर्चाको जुलुस सुरु, कोण सभालाई ४ नेताले सम्बोधन गर्ने

काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गर्न लागेको प्रदर्शनमा ४ जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महेन्द्र राय यादवले सभालाई सम्बोधन गर्ने भएका हुन् ।

मोर्चाले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सुरु गरेको छ । जुलुस काठमाडौंको भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ।

भृकुटीमण्डपमा सभाका लागि मञ्च तयार भइसकेको छ । अहिले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।