काठमाडौं । विगत १९ दिनदेखि जारी शिक्षकहरूले आजको प्रदर्शन समापन गरेका छन् ।
आज बिहान ९ बजेदेखि १२ बजेसम्म काठमाडौँको माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन गर्ने बताएका शिक्षकहरुले परिस्थितिको गाम्भीर्यतालाई महसुस गर्दै शिक्षकहरूले आजको आन्दोलनको कार्यक्रम समापन गरेको बताएका छन् ।
सम्पूर्ण शिक्षकहरूलाई आआफ्नो बासस्थानतिर लाग्न र सडकलाई खाली गरिदिन आन्दोलन परिचालन समिति की संयोजक नानुमाया पराजुलीले आग्रह गरेकी छन् ।
आजै राप्रपाले १२ बजेपछि बिजुलीबजारमा निषेधाज्ञा तोड्ने गरि प्रदर्शन गर्ने भएपछि शिक्षकहरुले तोकिएको १२ बजे अघि नै प्रदर्शन समापन गरेका हुन् ।
गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको माइतीघर क्षेत्रमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।
पछिल्लो पटक शिक्षामन्त्री विद्या भट्टराई, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेका शिक्षकहरुले आन्दोलन रोक्न अस्वीकार गर्दै आएका छन् ।




































