शाखा अधिकृतको प्रथम चरणको परीक्षा: २१ हजारमा ४ हजार ३७५ जना मात्रै पास

काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृतको प्रथम चरणको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले शाखा अधिकृत पदका लागि लिएको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक आज सार्वजनिक गरेको हो । आयोगले चैत ३० गते लिएको प्रथम चरणको परीक्षा लिएको थियो ।

आयोगका अनुसार पहिलो चरणको परीक्षामा सहभागी भएका २१ हजार ८ जना परीक्षार्थीहरुमध्ये ४ हजार ३७५ जनामात्र पास भएका छन् । परीक्षा दिएकाहरुमध्ये २० दशमलब ८२ प्रतिशत पास भएका छन् । प्रथम चरणमा उत्तिर्ण भएका परीक्षार्थीहरुले मात्रै द्धितिय चरणकाे परीक्षामा सहभागी हुन पाउँछन् ।