पोखरा । पोखराको विश्व शान्ति स्तुपाः नजिकैको सडकमा बस दुर्घटना हुदा ६ जना गम्भीर घाइते भएका छन् ।
शान्ति स्तुपाको पार्किङ भन्दा थोरै माथिको सडकमा ग १ ख ३८८६ नम्बरको माइक्रो बस पल्टदा ६ जना गम्भीर घाइते भएको प्रहरीले जानकरी दिएको छ । बस दुर्घटनामा २६ जना घाइते भएको र घाइतेलाई उपचारको लागि पोखरा ल्याइएको बताइएको छ ।
प्रारम्भिक जानकारी अनुसार ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने बताइएको छ । उक्त बसमा अधिकांश भारतीय पर्यटक सवार रहेको बुझिएको छ ।



































