विराटनगर । दुई दिन अगाडि आएको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोका कारण उत्पन्न हुन सक्ने सम्भावित महामारी तथा स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १४ बुँदे निर्देशन जारी गरेको छ ।
यस्तै मन्त्रालयले खानेपानी शुद्धीकरण र सरसफाइका उपायहरू समुदायस्तरमा प्रचार गर्ने, विस्थापित परिवारहरूलाई शुद्ध खानेपानी र स्वच्छ खाना उपलब्ध गराउन पहल गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाहरू मार्फत वातावरणीय स्वच्छता र सुरक्षित पानीको प्रयोगबारे जनचेतना फैलाउने, विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत पानीजन्य रोग (हैजा, झाडापखाला) र कीटजन्य रोग (डेङ्ग, मलेरिया) बाट बच्ने उपायबारे प्रचारप्रसार गर्ने विषय पनि परिपत्रमा उल्लेख छ ।
प्रदेश मन्त्रालयले आकस्मिक स्वास्थ्य सेवा, विशेष गरी गर्भवती तथा सुत्केरी महिलालाई प्राथमिकतामा राख्न आग्रह गर्दै जिल्ला र स्थानीय तहमा रहेका वाससँग सम्बन्धित संघ/संस्थाहरूसँग समन्वय गरी सुरक्षित पिउने पानीबारे जनचेतना फैलाउने, गरिएका सबै कार्य र प्रगतिबारे समयमै प्रतिवेदन पेस गर्ने लगायतका विषय उल्लेख छ । स्वास्थ्य मन्त्री भूपेन्द्र राईको अध्यक्षतामा सोमबार बसेको भर्चुअल बैठकको निर्णयअनुसार कार्यान्वयनका लागि परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।





































