मधेस प्रदेश प्रमुख भण्डारी बर्खास्त

काठमाडौं । सरकारले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ। मन्त्रिपरषद्को सोमबार बसेको बैठकले भण्डारीलाई पदबाट हटाएको हो ।

मधेस प्रदेशमा रातारात सरकार परिवर्तन गर्दै नेकपा (एमाले)का मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको र होटलमा शपथ गराएको विवादपछि उनलाई सरकार १२ घण्टा भित्र हटाएको हो।