विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गर्दै चितवन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ सुरु गरेको छ ।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेपछि चितवनले ब्याटिङको निम्तो पाएको हो ।

आजको खेलमा विराटनगरले विदेशी खेलाडी परिवर्तन गरेको छ । आज मार्टिन गप्टिलको स्थानमा राम हिजलेटलाई खेलाएको छ ।

चितवनले पनि एक परिवर्तन गरेको छ । बलर रिजन ढकालको स्थानमा रन्जित कुमारलाई खेलाएको छ ।