सुनचाँदीको मूल्यमा फेरी सामान्य वृद्धि

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको थियो । तर आज भने दुवै धातुको मोल केही बढेको छ ।

आज छापावाल सुन प्रतितोला रु २ लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल रु ४ हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू ४ हजार ४१५ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।