काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मंगलबारको तुलनामा दुवै धातुको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख छ हजार ६०० र १ तोला चाँदीको मोल ५ हजार २९० कायम भएको छ । मंगलबार प्रतितोला सुन ३ लाख ५ हजार ५०० र १ तोला चाँदीको मोल ५ हजार २४० कायम भएको थियो ।
गत सोमबार १ तोला सुन ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी ५ हजार २५० मा खरिदबिक्री भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औस सुन ५ हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




































