काठमाडौं । आज नेप्से परिसूचक २६ दशमलव ७२ अंकले घटेर २,७५५ को विन्दुमा कायम भएको छ । आज ३५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।
कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले पनि १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स बैंक डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ५ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् ।





























