‘हरेक घरको खुसी’ अभियानलाई देशव्यापी बनाउँदै एलजी

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राख्दै नयाँ घरेलु उपकरण शृङ्खला ‘एलजी इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ।

काठमाडौंस्थित विवान्ता होटलमा आयोजित विशेष कार्यक्रममा उक्त शृङ्खलाको औपचारिक अनावरण गरिएको हो। सफल राष्ट्रिय शुभारम्भपछि कम्पनीले ‘हरेक घरको खुसी, घरघरमा एलजी’ अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने घोषणा गरेको छ।

यस अभियानअन्तर्गत इटहरीमा असार १५, नारायणघाटमा असार १७, पोखरामा असार १९, बुटवलमा असार २१ र नेपालगञ्जमा असार २३ गते विशेष कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ। कार्यक्रममार्फत स्थानीय उपभोक्ताले एलजी इसेन्सियल सिरिजका उत्पादन प्रत्यक्ष रूपमा अवलोकन तथा प्रयोग गर्न पाउनेछन्। साथै उत्पादनका विशेषता र प्रविधिबारे जानकारी प्राप्त गरी आफ्ना आवश्यकता अनुसार उपयुक्त उपकरण छनोट गर्ने अवसर पनि उपलब्ध हुनेछ।

कम्पनीका अनुसार इसेन्सियल सिरिजमा आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकता दिइएको छ। नेपाली परिवारको दैनिक आवश्यकता र स्थानीय वातावरणलाई ध्यानमा राखेर विकास गरिएको यस शृङ्खलामा डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन्।
इसेन्सियल सिरिजको डबल–डोर रेफ्रिजेरेटरमा फ्रस्ट–फ्री प्रविधि प्रयोग गरिएको छ, जसले म्यानुअल रूपमा डिफ्रोस्ट गर्नुपर्ने झन्झट हटाउँछ।

यसमा रहेको स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता उपलब्ध गराएको कम्पनीले जनाएको छ।

त्यस्तै, नेपाली बजारको विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिनमा प्रोशिल्ड मोटर, बीएमसी कभर र आईपीएक्स–४ प्रमाणित वाटर–रेसिस्टेन्ट कन्ट्रोल प्यानल जस्ता सुविधा समावेश छन्।

यसमा रहेको लो–प्रेसर फिल प्रविधिले कम पानीको चापमा पनि प्रभावकारी रूपमा कपडा धुने सुविधा प्रदान गर्छ। ऊर्जा–दक्ष प्रविधिमा आधारित रुम एयर कन्डिसनरले प्रभावकारी कूलिङ र हिटिङ दुवै सुविधा उपलब्ध गराउँछ।

परम्परागत नन–इन्भर्टर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत गर्ने यस उपकरणमा वातावरणमैत्री आर–३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको छ भने न्यून ध्वनिमा सञ्चालन हुने भएकाले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार इसेन्सियल सिरिजका उत्पादनहरूको बिक्री वितरण सन् २०२६ को जुन महिनादेखि नै सुरु भइसकेको छ। प्रारम्भिक मोडेलको मूल्य ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरु हुने जनाइएको छ।

यी उत्पादनहरू देशभर रहेका आधिकारिक एलजी ब्रान्ड शप, मल्टि–ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ।