काठमाडौं । ‘मिस नेपाल २०२६’ को उपाधि प्रतिस्पर्धा अन्तर्गत विभिन्न सहविधाका प्रतिस्पर्धा तीव्र बनेका छन्। स्पोर्ट्स र ट्यालेन्ट राउन्ड सम्पन्न भइसकेपछि शनिबार स्विमिङ सुट राउन्ड आयोजना गरिएको हो।
नगरकोटस्थित भंगेरी दरबार रिसोर्टमा सम्पन्न स्विमिङ सुट राउन्डमा फाइनलिस्ट सुन्दरीहरूले आत्मविश्वास, प्रस्तुति र व्यक्तित्व प्रदर्शन गरेका थिए। आयोजक संस्था ‘द हिडन ट्रेजर’का निर्देशक प्रमोद कंशाकारका अनुसार स्विमिङ सुटसहित सबै सहविधाका विजेताको घोषणा ग्रान्ड फिनालेकै दिन गरिनेछ।
यसअघि नै फाइनलिस्टहरू छनोट भइसकेका छन्। उनीहरू अहिले व्यक्तित्व विकास, सार्वजनिक प्रस्तुति, ग्रुमिङ तथा विभिन्न प्रि-कम्पिटिसन गतिविधिमा सक्रिय रूपमा सहभागी भइरहेका छन्।
यस वर्ष ‘मिस नेपाल २०२६’ को मुख्य नारा ‘टप अफ द वर्ल्ड’ रहेको छ। प्रतियोगिताको ग्रान्ड फिनाले आगामी १ अगस्ट मा आयोजना हुनेछ।































