सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ ।

गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ६०० र चाँदी ६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ४१० निर्धारण भएको छ ।

गत शुक्रबार १ तोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ३५० निर्धारण भएको थियो । गत बिहीबार १ तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३०० र चाँदी ४ हजार ५०५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।