काठमाडौं । विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको लोकप्रिय ब्रान्ड याडिया नेपालले मनसुन मौसमलाई लक्षित गर्दै ग्राहकका लागि विशेष ‘मनसुन एक्सचेन्ज अफर’ सार्वजनिक गरेको छ ।
श्रावण १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने यो अफर देशभर रहेका याडियाका आधिकारिक शोरूममार्फत उपलब्ध हुनेछ । कम्पनीका अनुसार अफरअन्तर्गत ग्राहकहरूले नयाँ विद्युतीय स्कुटर खरिद गर्दा रु. १० हजारसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, जुनसुकै ब्रान्डको पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दा आकर्षक अतिरिक्त मूल्याङ्कनको सुविधा पनि दिइनेछ ।
ग्राहकलाई थप सहज र लाभदायी अनुभव प्रदान गर्न कम्पनीले निःशुल्क रेनकोट र हेल्मेट समेत उपलब्ध गराउने जनाएको छ। त्यस्तै, आर्थिक रूपमा सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा किस्ता सुविधा पनि समावेश गरिएको छ, जसले विद्युतीय सवारी खरिदलाई अझ सरल बनाउने विश्वास कम्पनीको छ ।
याडिया नेपालका अनुसार यो योजना मनसुनको समयमा ग्राहकलाई थप सुविधा प्रदान गर्नुका साथै पेट्रोलबाट चल्ने परम्परागत दुईपाङ्ग्रे सवारीलाई आधुनिक विद्युतीय स्कुटरमा सहज रूपमा रूपान्तरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको हो ।
नेपालमा याडियाको आधिकारिक वितरक कुजु नेपालले विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री यातायात प्रणाली विस्तारमा योगदान पुर्याउने लक्ष्यसहित यस्तो योजना सञ्चालन गरिएको जनाएको छ ।
सन् २००१ मा स्थापना भएको याडिया विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारी उत्पादक कम्पनीमध्ये एक हो । कम्पनीले हाल विश्वका १५० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो बजार विस्तार गरिसकेको छ र करोडौँ प्रयोगकर्तामाझ आफ्ना विद्युतीय स्कुटर तथा मोटरसाइकल उपलब्ध गराउँदै आएको छ ।
मनसुन एक्सचेन्ज अफर सीमित अवधिका लागि मात्र सञ्चालन हुने भएकाले इच्छुक ग्राहकलाई नजिकको याडिया शोरूममा पुगेर यस योजनाको लाभ लिन कम्पनीले आग्रह गरेको छ ।



































