काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
नियमित कार्यसूचीअन्तर्गत मन्त्रालयगत प्रस्ताव, प्रशासनिक निर्णय तथा आवश्यक समसामयिक विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । बैठकमा प्रस्तुत हुने प्रस्ताव र गरिने निर्णयबारे भने औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन । मन्त्रिपरिषद् बैठकपछि सरकारका निर्णय सार्वजनिक गरिनेछ ।



































