दशैं–तिहारमा सिजीको विशेष अफर, एक लाख दुई हजारसम्म क्यासब्याक

काठमाडौँ । नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले दशैं तथा तिहारलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ ।

‘सिजीसँग जीवनको अनुभव’ वार्षिक अभियानअन्तर्गत कम्पनीले ‘भरोसा नेपालीको, उत्सव दशैं, तिहारको’ योजनामार्फत विभिन्न घरायसी उपकरणको खरिदमा नगद फिर्तासहितका सुविधा ल्याएको हो ।

कम्पनीका अनुसार योजनाअन्तर्गत ग्राहकले सिजी तथा सिजी मेरिडियाका टेलिभिजन, फ्रिज, कपडा धुने मेसिन, माइक्रोवेभ ओभन, वातानुकूलित यन्त्रलगायतका उपकरण खरिद गर्दा अधिकतम रु. १ लाख २ हजारसम्म नगद फिर्ता पाउनेछन् ।

नगद फिर्तासँगै विभिन्न उपकरणको खरिदमा निश्चित उपहारको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । अगाडिबाट कपडा धुने मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, माथिबाट कपडा धुने मेसिनमा ४ केजी र अर्धस्वचालित कपडा धुने मेसिनमा २ केजी सर्फ एक्सेल उपलब्ध गराइनेछ ।

त्यस्तै, माइक्रोवेभ ओभन खरिदमा खाना पकाउने सामग्रीको प्याकेज र वातानुकूलित यन्त्र खरिदमा निःशुल्क जडानको सुविधा दिइने कम्पनीले जनाएको छ ।

ग्राहकलाई किस्ताबन्दीमा सामान खरिद गर्न सहज होस् भन्ने उद्देश्यले शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ता सुविधा पनि उपलब्ध गराइएको छ । कम्पनीले यसका लागि ‘नागरिकता भए पुग्छ !’ भन्ने नारासहितको योजना अघि सारेको छ ।

पुराना विद्युतीय तथा घरायसी सामान साटेर नयाँ खरिद गर्न चाहने ग्राहकका लागि ‘सिजी इलेक्स’मार्फत पुरानो सामान साटासाट सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सिजीका अनुसार ‘सिजीसँग जीवनको अनुभव’ अभियानमार्फत प्रविधिलाई दैनिक जीवनसँग जोड्दै ग्राहकको सुविधा र जीवनशैलीलाई सहज बनाउने उद्देश्य राखिएको छ । कम्पनीको प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ले आधुनिक प्रविधि र आकर्षक डिजाइनलाई प्राथमिकता दिएको कम्पनीको भनाइ छ ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा विद्युतीय सामग्री बिक्री गर्दै आएको सिजीले देशभरका २२ वटा सिजी डिजिटल बिक्री केन्द्र, आधिकारिक बिक्री केन्द्र तथा कम्पनीका अनलाइन माध्यमबाट उत्पादन खरिद गर्न सकिने जनाएको छ ।

बिक्रीपछिको सेवाका लागि कम्पनीले ‘सिजी केयर एप’ सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार देशभर रहेका ४० वटा सेवा केन्द्र र डिजिटल अनुप्रयोगमार्फत ग्राहकलाई सेवा उपलब्ध गराइँदै आएको छ ।

कम्पनीले जनाएको यो चाडपर्व योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख बिक्री केन्द्रमा लागू भएको छ । योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीले सिजी केयरको टोल फ्री नम्बरमा सम्पर्क गर्न तथा ‘सिजी केयर एप’ प्रयोग गर्न आग्रह गरेको छ ।