काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलामा एक हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।