काठमाडौं । देशका केही स्थानमा आज (मंगलबार) वर्षा भएको छ । छिटपुटदेखि हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र दिउँसो ललितपुरमा पनि पानी परेको छ । मंगलबार दिउँसो लगनखेल, जावलाखेलमा ‘फाटफुट’ पानी परेको हो ।
पछिल्लो एक घण्टा (दिउँसो साढे ३ बजेसम्म)मा कास्कीको लुम्ले, रोल्पा, बागलुङ, लमजुङको खुदीबजार, धनकुटालगायत स्थानमा वर्षा मापन गरिएको छ । देशका केही स्थानमा हिमपात पनि भएको छ ।
काठमाडौंमा आज साँझसम्म वर्षाको सम्भावना रहेको छ।



































