बेचन झालाई थुनामा राख्नुपर्ने कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा राख्नुपर्ने कारण पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले झालाई थुनामा पठाउनुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

झाले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा पुस २ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।