काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिहरूविरुद्ध उजुरी दिएका छन् ।
अधिवक्ता त्रिपाठीले जिल्ला अदालत, काठमाडौं परिसरमा आफूमाथि कुटपिट गर्ने व्यक्तिहरूविरुद्ध बिहीबार प्रहरीमा किटानी जाहेरी दिएका हुन् ।
त्रिपाठीले ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएका छन् ।
हिजो (बुधबार) काठमाडौं जिल्ला अदालत परिसरमा कालीमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्किँदा रास्वपा कार्यकर्ताले अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरेका थिए ।




































