राष्ट्रियसभामा दुई विधेयकसम्बन्धी समितिका प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरिएको छ ।

राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरेका हुन् ।

विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्दै सभापति दाहालले पत्रकारिता क्षेत्रमा पेसागत आचारसंहिता कायम गर्ने लक्ष्य रहेको उल्लेख गरे।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदनले नवीकरणीय ऊर्जा प्रवद्र्धनमार्फत वातावरण संरक्षण र ऊर्जा प्रवद्र्धनबाट दिगो विकासको लक्ष्य हासिल गर्ने लक्ष्य लिइएको उनको भनाइ थियो ।