काठमाडौं । सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका सुरक्षाकर्मी (पीएसओ) सई योगेन्द्र बोहराको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ३४ वर्षीय सई बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सोमबार दिउँसो धनगढी–अत्तरिया सडकअन्तर्गत गोदावरी नगरपालिका–२ मा उनी सवार स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो ।




































