पूर्वराजा शाहको समर्थनमा दुर्गा प्रसाईंले निकाले र्याली

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा अभियन्ता दुर्गा प्रसाईंले र्याली निकालेका छन् ।

प्रसाईं नेतृत्वको र्याली तीनकुनेबाट एयरपोर्टतर्फ लागेको हो । पूर्वराजा शाह आज पोखराबाट काठमाडौँ फर्किँदैछन् ।

पूर्वराजाका समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन् । समर्थकहरूले राजतन्त्र पुनर्बहाली लगायतका माग गरेका छन् ।