पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं प्रस्थान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।

शाह समिट एयरको चार्टड फ्लाइटमार्फत काठमाडौँ आएका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरे ।

पूर्वराजा शाहको स्वागतमा राप्रपा, राप्रपा नेपाल लगायतका नेता कार्यकर्ताहरू विमानस्थलको गेटसम्म पुगेका थिए ।

पूर्वराजाको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल बाहिर जम्मा भएका छन् । उनलाई समर्थकहरुले घेरेर विमानस्थल गेटबाट अघि बढाएका छन् ।