काठमाडौं । शिक्षकहरुले शैक्षिक हड्तालको घोषणा गरेका छन्।
शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत शिक्षकहरुले भोलीबाट हड्तालको घोषणा गरेका हुन् ।
नेपाल शिक्षक महासंघका अनुसार भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको हो ।
महासंघले देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।
यो अवधिमा एसईईका उत्तर पुस्तिका समेत परीक्षण नहुने भएको छ जसलेगर्दा नतिजा प्रकाशनमा समेत असर पर्नेछ ।



































