सुनको मूल्य घट्यो, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

चैत २१ गते सुनको भाउ तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । आज चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।