काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्ष उमेर नाघेकालाई नेपाल राष्ट्र बैंकको गभर्नर नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले यस्तो आदेश दिएको हो । इजलासले सोमबारका लागि अर्को पेसी तोक्दै छलफलका लागि डोकेको छ ।
गर्भनर नियुक्तिमा उमेर हद हटाएर मापदण्डमा गरेको संशोधनविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए ।




































