सिन्धुलीय श्रेष्ठ समाज काठमाडौं

काठमाडौं । नेपाल सकारले २०८३ साल असोज ८ गते प्रकाशित नेपाल राजपत्र (भाग ५, खण्ड ७६, संख्या ३६) मा दलित समुदायको परिभाषा र थर सूचीकरणसम्बन्धी सूचनामा श्रेष्ठ सहित विभिन्न नेवार समुदायलाई दलित जात हो ।

भनी समावेश गरिएको विषयलाई दलित जातमा वर्गिकृत गर्ने राजपत्रमा प्रकाशित निर्णयको सिन्धुलीय श्रेष्ठ समाज काठमाडौँले घोर आपत्ती व्यक्त गरेको छ । उक्त निर्णय तत्काल फिर्ता लिई सम्पूर्ण नेवार समुदायको मान मर्दन भएको प्रति नेपाल सरकारले सार्वजनिक रुपमा माफी माग्न जोडदार माग गरेको छ ।

अन्यथा सरकारको उक्त निर्णयको विरुद्धमा जस्तोसुकै आन्दोलन गर्न हामी बाध्य हुने छौं । भनि यस पे्रस विज्ञप्ति उल्लेख गरिएको छ ।