नवनियुक्त राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले सुरु गरे काम  

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले काम शुरु गरेका छन् । शुक्रवार साँझा आईपुगेका स्टुअर्टले शनिवार विहान प्रेस मिटपछि क्याम्पमा पुगेर खेलाडिसँग परिचय गरी काम थालेका हुन् ।

नेपाल क्रिकेट संघक्यानले आजैदेखि  ५२ खेलाडी समावेश गरेर अभ्यास खेल सुरु गर्दैछ। प्रमुख प्रशिक्षक स्टुअर्टलाई पनि सोही खेलअघि सार्वजनिक गरिएको हो ।

यही अभ्यास खेलको अवलोकन गर्दै स्टुअर्टले आफ्नो योजनाअनुसार टोली निर्माण गर्नेछन्। खेलाडी छनोटकै लागि क्यानले चार टोली बनाएर दुई चरणको लिग सञ्चालन गर्न लागेको हो।

क्यानले चैत १५ गते अष्ट्रेलियन पूर्वब्याटर स्टुअर्टलाई अप्रिलदेखि लागू हुने गरी २ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।