लिङ्देनको आरोप : माओवादी केन्द्रले वीरतापूर्वक आत्मसमर्पण गर्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले माओवादी केन्द्रले सत्ता पक्षसँग आत्मसमर्पण गरेर संसद खुलाउन भूमिका खेलेको आरोप लगाएका छन् ।

‘प्रमुख प्रतिपक्षी दलले वीरता र बहादुरीपूर्वक आत्मसमर्पण गरेको सुनियो,’ लिङ्देनले भने ।

माओवादी केन्द्रको प्रमुख सचेतक हितराज पाण्डेले संसद खुलाउन भूमिका खेल्नु अनुरोध गरेपछि उनले सो टिप्पणी गरेका हुन् ।

नेकपा एमाले र माओवादी केन्द्रबिच दुई बुँदे सहमति भएपछि राप्रपाले सो टिप्पणी गरेको हो ।