प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा राखिएको छ ।

कम्पनीको संस्थापक समूहको १ लाख ४८ हजार ६०० कित्ता शेयर बिक्रीमा राखिएको छ। उक्त शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन पाउने छन् ।

संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कमपनीको केन्द्री कार्यालयमा आवेदन दिन सक्ने छन् ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।