काठमाडौं । नेपालले मेलवर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको छ ।
१४० रनको लक्ष्य पाएको मेलवर्न रेनेगेड्स २० ओभर खेल्दै सबै विकेट गुमाएर केबल १०६ रन मात्र बनायो ।
नेपालको जितमा सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए । त्यस्तै कुशल भुर्तेलले २ विकेट लिए भने शहाब आलम र रुपेश सिंहले एक एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले सर्बाधिक २९ रन बनाए भने लोकेश बमले २४, कप्तान दिपेन्द्र सिंह ऐरीले २७, भिम सार्कीले १७, आरिफ सेखले १२ रन बनाए भने रुपेश सिंहले अविजित १६ रन बनाएका थिए । त्यस्तै मेलवर्नका बलर फर्गुस ओनिल, कलुम स्टव, लाचलान बांग्स र माइकल आर्चरले २-२ विकेट लिएका थिए ।
जारी सिरिजमा नेपालको यो दोस्रो जित हो । यस अघि सिरिजमा लगातार तीन हारपछि नेपालले लगातार दुई खेलमा जित हासिल गरेको छ । अब नेपालले शुक्रबार पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ ।



































