काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ७० अङ्कले घटेर दुई हजार ७६७ दशमलव २० को विन्दुमा कायम भएको छ ।
आज ३२३ कम्पनीको १ करोड ५२ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.०६ प्रतिशत, विकास बैंक समूहको ०.६५ प्रतिशत, फाइनान्स समूहको ०.४६ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बुधबार ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ ।



































