बढ्यो सुन चाँदीको मूल्य

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार बुधबार मूल्य १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।

प्रतितोला बुधबार २ हजार ३४५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बिहीबार २ हजार ३५५ रुपैयाँ कायम भएको छ ।