प्रधानमन्त्री ओली बेइजिङमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् ।

प्रधानमन्त्री ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ)‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई रेलमार्गबाट बेइजिङ पुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ । उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछन् ।