काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८६ अकंले घटेर २७२५.४६ बिन्दुमा कायम भएको छ ।
आज ३१७ कम्पनीको १ करोड २७ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँको कारोबार भएको हो ।
आज ८ उपसूचक राताम्य भएका छन् । यसदिन वाणिज्य बैंक समूहको ०.१५ प्रतिशत, विकास बैंक समूहको ०.३० प्रतिशत, फाइनान्स समूहको ०.३२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बिहिबार ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ ।




































