महाधिवेशनको मितिलाई लिएर कांग्रेसका दुई समूह आमनेसामने

काठमाडौं । भदौ २३ र २४ को जेंजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस चर्किदो छ।

भदै २४ गते आफ्नै निवास बुढानिलकण्ठमा जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राना थप उपचारका लागि विदेश गइसकेका छन। देउवाले उपसभापति पूर्णबहादुर र खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छ। कांग्रेसभित्र अहिले दुई विषयमा विवाद र बहस चक्रिएको छ।

एक फागुन २१ को निर्वाचनभन्दा अघि नै महाधिवेशन खस गरि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले मङ्सिरभित्रै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्।

उनीहरुले मंसिरमा नसकिने अवस्थामा पुसमा सम्मपन्न गर्न सकिने पस्ताव गरेका छन्। उनीहरुले नियमित महाधिवेशनको तालिका पनि जारि केन्द्रिय कर्यसमितिमै पेस हुनुपर्ने अडान लिएका छन्। यस अडानमा खासगरी महामन्त्री थापा टसमस नाभायेपछी कार्यवाहक सभापति खड्का सहमतिका लागि प्रयासरत देखिए ।

आफ्नो समुहको भेला डाकेर फागुन २१ पछि मात्रै १४ औँ महाधिवेशन गर्नुपर्ने निर्णय नै गरिसकेका छन्। सोम्बर्मत्रै संस्थापन समुहका केन्द्रिय सदस्यहरुको भेला काठमाडौँमा थियो। काठमाडौँको आनन्दभूमी बन्क्वेटमा बसेको भेलाले पार्टीका १५ औँ महाधिवेशनको लागि नया मिति पस्ताव गर्ने निर्णय गरेको छ।