लालिगा : लेवान्डोव्स्कीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

काठमाडौं । रोबर्ट लेवान्डोव्स्कीको उत्कृष्ट प्रदर्शनले प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार सेल्टा भिगोविरुद्ध ४-२ को रोमाञ्चक जित दर्ता गरेको छ।

यस जितसँगै बार्सिलोनाले लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी घटाउँदै तीन अंकको अन्तरमा पुर्‍याएको छ । समान १२ खेलबाट रियल मड्रिडले ३१ अंक जोडेको छ भने बार्सिलोनाले २८ अंक बनाएको छ।

खेलको प्रारम्भमै बार्सिलोनाले आफ्नो आक्रामकता देखायो । खेलको दसौ मिनेटमा लेवान्डोव्स्कीले पेनाल्टीमार्फत बार्सिलोनालाई अग्रता दिलाए । पेनाल्टी तब प्राप्त भयो जब सेल्टा भिगोका मार्कोस अलोन्सोले फर्मिन लोपेजको प्रहार हातले रोक्न पुगे । तर बार्सिलोनाको अग्रता धेरै समय टिकेन । खेलको ११ औं मिनेटमै सेल्टा भिगोले चाँडै गोल मार्फत जवाफ दियो । मार्कस रासफोर्डको एकल अवसर रोकेपछि भएको काउन्टर–आक्रमणमा सेर्जियो कारेराले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफको ३७ औं मिनेटमा रासफोर्डले क्रस दिए, जसलाई लेवान्डोव्स्कीले भलिभार प्रहार गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर मध्य-तालिकामा रहेको सेल्टा भिगोले पनि पहिलो हाफको अन्तिममा जबरजस्त प्रतिक्रिया दियो । ४३औं मिनेटमा बोरजा इग्लेसियासले पेनाल्टी बक्सको छेउबाट घुमाउरो प्रहार गर्दै बललाई माथिल्लो कुनामा पठाए र खेल २-२ को बराबरीमा आयो।

पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका लागि लामिन यामालले रासफोर्डको डिफ्लेक्टेड क्रसलाई पछिल्लो पोस्टमा नियन्त्रण गर्दै बार्सिलोनालाई ३-२ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा पनि बार्सिलोनाले आक्रमण जारी राख्यो । ७३औं मिनेटमा लेवान्डोव्स्कीले रासफोर्डको कर्नर हेड गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र फ्रेंकी डि जोङ्गले खेलको अन्त्यतिर गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

यो ला लिगामा लेवान्डोव्स्कीको तेस्रो ह्याट्रिक हो । यसअघि उनले बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डमा बुन्डेसलिगामा १६ ह्याट्रिक पूरा गरिसकेका छन् । ३७ वर्षका स्ट्राइकरले बार्सिलोनाका लागि पनि महत्वपूर्ण योगदान दिए।

खेलको अन्त्यतिर बार्सिलोनाले १० खेलाडीमा खेल्नुपर्‍यो । मिडफिल्डर फ्रेन्की डी जोङले इआगो अस्पासलाई लडाउँदा दोस्रो पहेंलो कार्ड पाएपछि मैदान छोड्नुपर्‍यो।

यस जितसँगै बार्सिलोनाले रियल मड्रिडले आइतबार खेलाएको गोलरहित बराबरीबाट फाइदा उठायो । जाभी अलोन्सोको टोलीले शहर प्रतिद्वन्द्वी रायो भायेकानोसँग गोलरहित बराबरी खेलेको थियो।

सेल्टा भिगोका लागि सर्जियो कारेरा र बोरजा इग्लेसियासले गोल फर्काए । हारको बाबजुद पनि सेल्टा भिगोले पहिलो हाफमा खेललाई रोमाञ्चक बनायो। बार्सिलोनाले आफ्नो आक्रमक खेल प्रदर्शन गर्दै रियलसँगको प्रतिस्पर्धामा आफ्नो स्थान बलियो बनाएको छ।

यस जितपछि बार्सिलोनाले ला लिगामा शीर्षस्थानमा रहेका रियल मड्रिडसँगको दूरी घटाउँदै आगामी खेलहरूका लागि मनोबल बढाएको छ।