काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनको बन्दसत्रले केन्द्रीय समितिको चयनको खाका पास गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा केन्द्रीय सदस्य समिति चयनका लागि क्लस्टर सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको थियो । त्यसलाई बन्दसत्रले पारित गरेको एक नेताले बताए ।
एमालेले सात प्रदेश र उपत्यकालाई पनि प्रदेश सरहकै एकाइमा रुपमा राखेको छ। जसअनुसार, आठ प्रदेशबाट नौ जनाका दरले ७२ केन्द्रीय सदस्यीय चुनिनेछन् । प्रत्येक प्रदेशमा खुल्लाबाट पाँच, महिला तीन र युवा एक जना रहेछन् ।
यस्तै, देशभरीबाट खुल्ला प्रतिस्पर्धामार्फत १२५ जना केन्द्रीय सदस्य आउनेछन् । यसमा खुल्लाबाट ७१, महिला ५२ र युवा २ जना हुनेछन्। जनजाति आदिवासीतर्फ एमालेका २५ केन्द्रीय सदस्य रहेका छन्। यसमा खुल्लाबाट १५, महिला ८ र युवा २ केन्द्रीय सदस्य चुनिनेछन् । मधेसी क्लस्टरमा २० केन्द्रीय सदस्य आउनेछन्। यसमा खुल्ला ११, महिला ६ र युवा २ जना हुनेछन्। प्रवासबाट दुई जना केन्द्रीय सदस्य रहने व्यवस्था छ। जसमा भारतबाट १ र अन्य देशबाट १ जना चयन हुनेछन् । एमालेले श्रमिकबाट ३ जना केन्द्रीय सदस्य आउने व्यवस्था रहेको छ। यसमा पनि खुल्लाबाट दुई र महिला एक जना आउनेछन् । अपाङ्गता भएका व्यक्तिबाट एक जना केन्द्रीय सदस्य आउनेछन्। यसमा खुल्ला प्रतिस्पर्धा हुनेछ।
दलिततर्फ १२ जना केन्द्रीय आउनेछन् । जसमा खुल्लाबाट ७, महिलाबाट ४ र युवाबाट १ जना चयन हुनेछन् । थारू समुदायबाट ८ जना केन्द्रीय सदस्य चयन हुनेछन् । यसमा खुल्लाबाट ५ र महिला ३ जना आउने व्यवस्था गरिएको छ । मुस्लिम समुदायबाट ५ केन्द्रीय सदस्य रहने व्यवस्था छ। यसमा खुल्लाबाट ४ र महिलाबाट १ जना चुनिनेछन् । पीछडिएको क्षेत्रबाट दुई जना केन्द्रीय सदस्य आउनेछन्। यसमा पनि खुल्लाबाट एक र महिलाबाट एक केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ । बन्दसत्रले पदाधिकारीसम्बन्धी व्यवस्था पनि पारित गरेको हो। एमालेको १९ सदस्यीय पदाधिकारीमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन्।
यस्तो हुनेछ एमालेको टिम
१) पदाधिकारी : १९ जना
अध्यक्ष : १, उपाध्यक्ष : ५, महासचिव : १, उपमहासचिव : ३, सचिव : ९
२) उपत्यकासहित सबै ८ प्रदेशबाट : ७२) जना
खुल्ला : ४०
महिला : २४, युवा : ८
३) खुल्ला कोटा : १२५ जना, खुल्ला : ७१
महिला : ५२, युवा : २
४) जनजाति आदिवासी : २५ जना
खुल्ला : १५, महिला : ८, युवा : २
५) मधेसी : २० जना
खुल्ला : ११, महिला : ६, युवा : २
६) प्रवास : २ जना
भारत : १, अन्य देश : १
७) श्रमिक : ३ जना
खुल्ला : २, महिला : १
८) अपाङ्गाता भएका ब्यक्ति : १ जना
९) दलित : १२ जना
खुल्ला : ७
महिला : ४, युवा : १
१०) थारु : ८ जना
खुल्ला : ५, महिला : ३
११) मुस्लिम : ५ जना
खुल्ला : ४, महिला : १
१२) पिछडिएको क्षेत्र : २ जना
खुल्ला : १, महिला : १
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































