काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्यमा प्रतितोला २ हजार १ सय र चाँदीको मूल्यमा २५ रुपैँयाको गिरावट आएको हो ।
महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो । आइतबार यो मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार यो मूल्य ४ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर ४५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
































