महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीका चारवटै क्षेत्रमा रास्वपाका उमेदवारले अग्रता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आज दिउँसो ४ बजेसम्म क्षेत्र नं १ मा रास्वपाका प्रमोदकुमार महतोले १० हजार ९ सय ९३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका गिरिराजमणि पोखरेलले तीन हजार ९२३ र नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीले २ हजार ८ सय ५६ मत प्राप्त गरेका छन् ।
यस्तै, क्षेत्र नं २ मा रास्वपाका दीपककुमार साहले २ हजार ९ सय १९ र जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले ८ सय ५८ मत प्राप्त गरेका हुन् । क्षेत्र नं ३ मा रास्वपाका उज्ज्वल झाले ५ सय ७१ र स्वतन्त्र उमेद्ववार रामआधार कापरले १ सय १४ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं ४ मा रास्वपाका गौरीकुमारीले ६ सय ५१ र जनता समाजवादी पार्टीका डा. सुरेन्द्रकुमार यादवले २ सय ६९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए ।




































