काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले २४ हजार ५९२ मत प्राप्त गरेर विजय भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले तीन हजार २१७ मत र कांग्रेसका सपना राजभण्डारीले दुई हजार ८३५ मत प्राप्त गरेका हुन् ।
श्रेष्ठ पूर्वयुवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालिसकेका रास्वपा केन्द्रीय सचिवालय सदस्य हुन् । उनले २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजय प्राप्त गरेका थिए । उनले वाणिज्य प्रशासनमा स्नातक गर्नुरेका छन् । श्रेष्ठलाई संस्कृति सम्पदा भाषा र गुठीको संरक्षण अभियन्ताका रुपमा पनि चिनिन्छ ।




































